November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

छ बिगाहा क्षेत्रफलमा फैलिएको गौसला, सडकभरी छाडा चौपाया

गंगा खापुङ लिम्बु
२०७९ चैत्र २५

4.2K

बुटवलमा गौशाला स्थापना भएको दुई बर्ष पुग्न लाग्यो । गत बर्ष तिहारको लक्ष्मी पूजाको दिन बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । मुक्तिनाथ धामका पिठाधिस स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उक्त गौसलाको उद्घाटन गरेका थिए । पन्चकन्याद्घारा पाँचवटा गाई प्रवेश गराएर गौसलाको शुभारम्भ गरिएको थियो ।

करीब ६ बिगाहा क्षेत्रफलमा तारजाली गरी निर्माण गरिएको यश गौसलामा ५० बढी गाई अट्ने सेड पुर्वाधार निर्माण गरिएको छ । गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने व्यवस्था, विद्युत व्यवस्थापन गरिएको छ भने दुईजना गौ हेर्ने व्यक्तिको व्यवस्था गरी उनीहरूका लागि २ वटा कोठा र भण्डारण कोठा निर्माण गरिएको छ ।

उद्घाटनको क्रममा शिवनगर सामुदायिक वनले गौ संरक्षणवापत वार्षिक उपमहानगरबाट रकम प्राप्त गर्ने र वनका अध्यक्ष घिमिरेले पशु आहारा वापत उपमहानगरपालिकाबाट वार्षिक १८ लाख रुपैयाँ दिने सहमति भएको बताएका थिए । तर, बुटवल क्षेत्रमा दिनप्रतिदिन छाडा चौपायाहरु बढ्न थालेका छन् । बढ्नाले नन्दनी गौशालामाथि शंका गर्न सकिने अवस्था रहेको देखिन्छ ।

Advertisement

बुटवलमा छाडा चौपायाहरू अत्यधिक बढ्न थालेका छन् । एकातिर बढ्दो छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दो छ भने अर्कातिर किसानहरूलाई बाली जोगाउन हम्मे–हम्मे हुन्छ ।

बुद्दनगरका बासिन्दा छाडा चौपायाका कारण हैरान भएका छन् । गाईलाई गौ माताको रूपमा पूजा गरिने हुनाले गाई घरमा आएमा राम्रो हुने आत्मविश्वासले दाना दिने गरिन्छ । तर, ती गाईहरू घरभित्रै छिरेर, कोठाहरू चहारेर खानेकुरा खाईदिने, दिसापिसाब गर्दिनाले सास्ति खेप्नु परिरहेको स्थानीयबासीहरू बताउछन् । कुनैकुनै गाई गोरूले हान्ने हुँदा बालबालिकाहरू त्रसित हुने गरेको गुसानो गर्दछन् । केही महिनाअघि गाईहरूले दुःख दिएपछि धपाउन खोज्दा नमानेपछि लाठी प्रयोग गरेर धपाएको भिडियो भाईरल भएपछि बुटवलका एक व्यापारी धेरैजनाबाट आलोचित बन्न पुगे । उनको भनाईअनुसार गाईलाई पिट्ने मनसाय त थिएन तर खानेकुरा दिँए पनि दोकानको खानेकुराहरू नष्ट गरिदिएको कारण लाठी प्रयोग गर्नुपरेको बताउछन् ।

केहीदिन अघि बुटवल ११ नहरपुरका बासिन्दाहरूले छाडा चौपायाहरू लखेटेर हाटबजारस्थित गौशालामा पुर्याएका थिए । तर, बुटवल क्षेत्रमा चौपायाहरू अत्यधिक संख्यामा रहेकाले उपमहाागरपालिकाले छाडा चौपायाको उचित व्यवस्था गर्न अत्यन्तै जरूरी देखिएको छ । खुला सडकमा जथाभावि बस्नाले सडक दुर्घटना बढिरहेका छन् ।

केही महिना अघि झण्डै ३०० भन्दा बढी गाइगोरूहरू महाकाली नदीमा बगाएको सामाजिक सञ्जालमा छाएको थियो । डडेल्धुरा महानगरपालिकाले छाडा चौपाया व्यवस्थापन नगरेपछि केही व्यक्तिहरूले नदीमा बगाईदिएको भनिएता पनि नदीबाट पार गराएर भारततर्फ तस्करी गरिएकोसमेत आरोप लाग्यो । वास्तविकता जेसुकै भएता पनि छाडा चौपायाको समस्या बिकराल बन्दै गएको भने पक्कै हो ।

त्यसैगरी केही बर्ष अघि सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका थिए । नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएको थियो । नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका थिए ।

यी समाचारहरू सुन्दा मानवता हराउदै गएको हो कि जस्तो जोसुकैलाई लाग्न सक्छ । तर, वास्तवमा छाडा चौपायाका कारण खेती किसानीहरूले भोग्नुपरेको सास्ती कसैले महसुस गर्दैनन् । सब्जी दोकानमा राखिएको सब्जीहरू खाईदिने, घरभित्रै पसेर खानेकुरा खाईदिने, गोरूहरू एकआपसमा जुध्नाले सडक दुर्घटना हुनेबारे सबैले चासो दिनु आजको आवश्यकता हो ।

छाडा चौपाया अहिलेको समयमा गम्भीर समस्याको कारण बन्न पुगेको छ । कोभिड १९ का कारण व्यवसायमा नराम्ररी घाटा भोगिसकेका व्यापारी र किसानहरूलाई अझ अहिलेको समयमा आर्थिक मन्दीको मार खेप्नु परिरहेको स्थितिमा छाडा चौपायाको समस्याले गर्दा दोब्बर मार खेप्नु परिरहेको छ । अहिले सामाजिक सञ्जालमा बुटवलमा रहेका छाडा चौपायाको समस्याबारे व्यापक रूपमा चर्चा भईरहेको छ । यसबारे उपमहानगरपालिकाको ध्यानाकर्षण हुनु जरूरी देखिन्छ ।