June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

राष्ट्रपतिमा पौडेल र नेम्वाङ विरुद्ध कुनै उजुरी परेन, औपचारिक नाम सार्वजनिक गरिंदै

२०७९ फाल्गुन १६

1.5K

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकाको नाम आज मंगलबार सार्वजनिक गर्दैछ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिकासँगै आजै उम्मेदवारको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । दुवै उम्मेदवार विरुद्ध कुनै पनि उजुरी नपरेको पनि आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज मंगलबार उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।

Advertisement

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।