March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

एमालेका आठ मन्त्रीले बुझाए राजीनामा

२०७९ फाल्गुन १५

1.8K

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिएका हुन ।

pinup pin up pin up pinup

सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका थिए । नेकपा एमालेअघि राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ ।

Advertisement

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताएका थिए ।