November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

उपसभामुखमा कांग्रेसकी यादव र रास्वपाकी रानामगरबीच प्रतिस्पर्धा हुने

2.2K

काठमाडौं । सत्ता गठबन्धनले उपसभामुखको उम्मेदवार टुंगो लगाएलगत्तै नेपाली कांग्रेसले पनि उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहित प्रभावशाली नेताहरुको बैठक सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखमा महिला उम्मेदवार बनाएको कांग्रेसले समानुपातिका सांसद यादवलाई अघि सारेको हो । कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई सभामुख उमेदवार बनाएको थियो । बिहीबार भएको सभामुखको चुनावमा उनले कांग्रेससहित नेकपा(एस) र लोसपको भोट पाएकी थिइन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । झापा निवासी उनी समानुपातिक सांसद हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थन छ । बीबीसीले प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेकी मगरलाई रास्वपाले उपसभामुख बनाउने निर्णय गरेको हो ।

Advertisement

उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ । शुक्रबार उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।