April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरमा एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरीको मृत्यु

1.5K

पाँचथर । समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक-२ की सुत्केरीको मृत्यु भएको छ । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ माङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको हो ।

पुस २० गते १० बजे स्वास्थ्य चौकी माङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् ।

मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा अस्पताल पुर्‍याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।

Advertisement

पाँचथर अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले प्रसूतिपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए ।

जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन ।