काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अस्पतालमा मृत्यु हुने र घाइते गरी २९ जना आइपुगेको भए पनि यकिन विवरण आउन बाँकी रहेको उनले बताए। २२ जना घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको डिएसपी न्यौपानेले जानकारी दिए।
बेथानथोक-५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका-११ सल्ले फर्किंदै गरेका यात्रु लिएर आएको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो।