November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे बाजुराबाट निर्वाचित

1.9K

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार कांग्रेस उम्मेदवार पाण्डे ५ हजार ४३६ मतान्तरले निर्वाचित भएका हुन् ।

कांग्रेसका पाण्डेले ३१ हजार ७८५ मत पाएका छन् भने नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याएका छन् ।

०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए।

Advertisement

प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएको घोषणा यसअघि नै भइसकेको छ।

बाजुरा प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै १६५ क्षेत्रमध्ये १६४ सिटको परिणाम आइसकेको छ। अब दोलखाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ।