काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल काठमाडौं ५ बाट विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा विजयी भएका थिए । उनले कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतलाई पराजित गरेका थिए ।