November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

६१ प्रतिशत मत खस्यो, केही स्थानमा स्थगित : आयोग

1.7K

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन्। तर यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए। आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ।

देशका केही मतदान केन्द्रम तनाव एवं विवादका कारण रोकिएको छ । निर्वाचन आयोगले करिब ४ बजेतिर दिएको जानकारी अनुसार देशभरका १५ मतदान केन्द्रको मतदान कार्य रोकिएको छ । रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको र केहीमा सम्पन्न भएको आयोगले जनाएको छ । देशका केही मतदान केन्द्रमा मत हाल्न पाउने समय ७ बजेसम्म थपिएको थियो ।

Advertisement