March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

देशभर एकसाथ मतदान शुरु

890

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज आइतबार बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

Advertisement

मतदान शुरु भएसँगै नेता तथा विशिष्ट व्यक्तिहरुले मतदान गरिसकेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट थपलियाले मतदान गरेका छन् ।

सत्ता गठबन्धनका सहयात्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका प्रचण्डले चितवनमा मतदान गरेका हुन् । प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।