धरान । धरानको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९ मा तेह्रथुमकी सीता तुम्खेवा प्रथम भएकी छन् ।
तुम्खेवाको ‘रातो रुमाल’ शीर्षक कविता प्रथम भएको छ। तुम्खेवाले २१ हजार नगद र प्रमाणपत्र पाएकी छन् । यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाएकाहरूमा क्रमशः मोरङका गगन योक्पाङ्देन, काठमाडौकी राधिका कल्पित र रोल्पाका युग सर्वनाम भएका छन् ।
उनीहरूले क्रमशः १८ हजार, १७ हजार र १० हजार नगद र प्रमाणपत्र पाएका छन् । ६७ वटा कविता आवेदन भएकोमा १० कविहरू अन्तिम प्रतिस्पर्धामा सिफारिस भएका थिए ।
अन्तिम सिफारिस हुने फाइनलिस्ट कविहरूले धरानकाे बुद्ध चौकमा रहेको विमल स्मृति पुस्तकालयको सभाहलमा कविता वाचन गरेका थिए ।
धरानका कवि विमल गुरुङको ५१ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना भएको थियो । पुरस्कृत कवि तुम्खेवा नेपाल मामिला डटकमका सम्पादक समेत हुन् ।