काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा पुरुष वर्चस्व तोडिदै गएको बताका छन् । शनिबार काठमाडौंमा जापानका लागि नेपालकी पूर्वराजदूत प्रतिभा राणाद्वारा लिखित ‘गहिराई’ र ‘कर्टेन अफ माया’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले विगतदेखि रहेको पुरुष वर्चस्व तोडिदै गएको र नारी साहित्यकारहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।
देउवाले नेपाली साहित्य क्षेत्रमा अहिले नारी साहित्यकारहरुको संख्या थपिदै गएको भन्दै प्रशंसा गरे । उनले महिला साहित्यकारलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्ने बताएदै भने, ‘विगतमा पुरुष साहित्यकारहरूको वर्चस्व थियो । अहिले नारी साहित्यकारहरुको संख्या समेत थपिँदो छ । यो खुसीको कुरा हो । हामीलाई नारी साहित्यहरूलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्छ ।’
उनले पूर्वराजदूत राणाले एकैपटक नेपाल र अंग्रेजी भाषामा गरी दुई वटा पुस्तक सार्वजनिक गरेको भन्दै आगामी दिनमा नेपाली साहित्यको भण्डार थप अभिवृद्धि गर्न शुभकामना व्यक्त गरे । पूर्वराजदुत राणा प्रधानमन्त्री देउवाकी सासुआमा समेत हुन् ।