April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रिय कविता महोत्सवमा नेपाल मामिलाकर्मी तुम्खेवा तृतीय

3.6K

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७९ मा नेपाल मामिला डटकमकी सम्पादक तथा कवि सीता तुम्खेवा तृतिय भएकी छन् । कवि तुम्खेवाको ‘चरिसो फूल’ कविताले तृतिय स्थाल हासिल गरेको हो ।

सम्पादक तुम्खेवा सन् २०२० मा आयोजना भएको चर्चित ‘पहिलो विश्वव्यापी अनलाइन पालाम प्रतियोगिता’ आयोजना गर्ने याक्थुङ कल्चरल ग्रुपकी संयोजक पनि हुन् ।

त्यसैगरि इटहरीकी कवि टीका आत्रेय प्रथम भएकी छन् । प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरेको प्रतियोगितामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

Advertisement

प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता द्वितीय भएको छ ।
यस्तै, सुनसरीका किरन सिवाको ‘बुवाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ कविताले तृतीय स्थान हासिल गरेको हो ।