April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

टेकु अस्पताल भर्ना भएका २ जनामा हैजा पुष्टि

2.4K

काठमाण्डाै – काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ । काठमाण्डौ महानगरपालिका बागबजारका १८ र २३ वर्षका बिरामीको नमुना परीक्षणबाट हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

Advertisement