April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

प्रशारण लाइनमा झुन्डिएका माइला विकको ९ घन्टापछि हेलिकप्टरबाट उद्धार

2.1K

काठमाडौं । नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकको नेपाली सेनाको टोलीले उनको उद्धार गरेको छ ।

बिकलाई उद्धार गर्न काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो।

उनलाई दिनभर फकाएर उद्धार गर्न खोजेपनि सकेको थिएन।

Advertisement

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टरसहितको टोली ककनी उडेको थियो।

शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले विद्युत लाइन बन्द गराउन लगाएका थिए।