April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

प्रसारण लाइनमा झुन्डिएर बसेका बिकको उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर

2.2K

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशूली ‘थ्रि ए’ मा झुन्डिएका पुरूषको उद्धार गर्न नेपाली सेनाको टोली खटिएको छ । काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६ः३३ मिनेटमा उडेको जनाइएको छ ।

घटनास्थलमा रहेको प्रहरीसँग समन्वय भइरहेको र विपद व्यवस्थापन सहितको टोली घटनास्थल गएको सेनाले जनाएको छ ।

नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुन्डिएर बसेका बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनासँग सहयोग माग गरेकी थिइन् ।

Advertisement

माइला बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका छन् ।उनी तल झर्न मानिरहेका छैनन् ।

प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।