April 17, 2026, Friday
२०८३ बैशाख ५
1:37:26 pm

नेपाललाई दश वर्ष भित्र पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ: गगन थापा

1.9K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभा संसदमा आज बोल्दै महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने बताएका हुन् ।

थापाले कार्ययोजना बनाएरै कति वर्षभित्र के गर्ने भन्ने योजनासहित पेट्रोलियम पदार्थमुक्त देश बनाउनुपर्ने बताए। ‘नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ। महत्वकांक्षी योजनाका साथ हामीले दश वर्षभित्र यसलाई निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौं हामी। कर घटाएर मात्र हुन्न। यसको उपाय भनेको पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउने हो,’ उनले भने।

उनले सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ घटाएको उल्लेख गर्दै अझै मिल्छ भने मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने बताए।

Advertisement