काठमाडौं । साकेला गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रविप्रकाश राई विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई पराजित गर्दै राई विजयी बनेका हुन् ।
राईले १ हजार आठ सय ५० मत ल्याएर विजयी भएका हुन् भने अर्जुनकुमार खड्काले १ हजार सात सय ७२ मत ल्याएका थिए । यस्तै, एमालेका गोपीकृष्ण खड्काले नौ सय ६७ मत ल्याएका थिए ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएकी छन् । उनले दुई हजार १२ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्दी काँग्रेसकी सरिता खड्काले एक हजार २४ मत र एमालेकी दिलकुमारी राईले नौ सय ८६ मत ल्याएकी छन् ।