November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

यी तस्बिरमा हेर्नुहोस् देशभर कांग्रेसको सरकारविरुद्ध प्रदर्शन [फाेटाे फिचर]

3.5K

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देश व्यापी प्रदर्शन सुरु गरेको छ। आज देशका ७७ वटै जिल्लामा कांग्रेसले सडक प्रदर्शन गरेको हो। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।  

आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्‍न जिल्लामा खटिएका छन्। मुख्य सचिव पौडेलका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे ‘मनिटरिङ’ गर्ने छन्। 

सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ। त्यस्तै उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डाक्टर रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन्। काठमाडौंमा रामचन्द्र पौडेल सहितको प्रदर्शन सुरु भइसकेको छ।  

Advertisement

२०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि कांग्रेसले सरकारविरुद्ध गरेको  यो पहिलो पटक आक्रामक आन्दोलन हो। ओली सरकारविरुद्ध पछिल्ला दिनमा आलोचना बढिरहँदा काँग्रेसपनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो। सरकार भ्रष्टाचारमा डुबेको, सर्वसत्तावादतर्फ अगाडि बढेकाले ठिक ठाउँमा ल्याउन सडक आन्दोलन गर्नुपर्ने बाध्यता भएको कांग्रेस नेताहरू बताउँछन्।  

काठमाडौंमा बिरोध प्रदर्शनको लागि पाँच स्थानबाट प्रदर्शन सुरु भई रत्नपार्कमा भेला हुँदैछन्।  निर्वाचन क्षेत्र नं.१ को जुलुश भृकुटीमण्डप, क्षेत्र नं.२, ३ र ४ को जुलुश पुतलीसडक चोकमा, क्षेत्र नं. ५, ६ र ७ को जुलुश लैनचौर, क्षेत्र नं. ८ को वसन्तपुर र क्षेत्र नं. ९ र १० को जुलुश शहीदगेटबाट रत्नपार्कको शान्ति बाटिकामा पुग्ने छन्