November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

यस्तो छ नारायणकाजी श्रेष्ठ करोडको मोलमोलाइमा विवादित अडियो

2.5K

काठमाडौँ – पुर्व सांसद तथा दक्षिण काेरीयाका पुर्व राजदुत कमानसिह लामाको निधन सँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ ।

लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् । प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए ।

‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु ।

Advertisement

कमानसिंहको मृत्युमा सबैभन्दा दु:खी हुनेमध्ये म पनि एकजना हुँ,’ । प्रवक्ता श्रेष्ठले लामाको निधनको दु:खद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् । निधनअगाडि लामाले फेसबुकमा लेनदेन समस्याबारे लेखेका थिए । तर, प्रवक्ता श्रेष्ठको नाम भने उल्लेख गरेका थिएनन् । लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेखेका थिए । कोरोनाबाट संक्रमण भएपछि लामाले असन्तुष्टि मिश्रित स्टाटस सामाजिक सञ्जालमा राख्दै आएका थिए ।उक्त भिडियो यहाँ छ