November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

२४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण, १८ लाखको पिसिआर परीक्षण

2.1K

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बुधबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन्। 

Advertisement

आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।