April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

देशमा १३०४ जना कोरोना संक्रमित थपिए, १६ हजार ६३३ सक्रिय संक्रमित

2.5K

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।

आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ।