सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट निर्वाचन लड्ने भएका छन् ।
जसपा नेपालको सोमबार राजविराजमा सम्पन्न बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवलाई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७९ को निर्वाचनमा सप्तरी– २ बाट चुनाव लडेका यादव जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।
यस्तै जसपा नेपालले सप्तरी–१ बाट श्याम सरदार, २ बाट पूर्व मन्त्री उमेश यादव र ४ बाट डा. बबी सिंह यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।