April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दोस्रो पुस्ता नेतृत्व लिन तयार छ: वर्षमान पुन

2.6K

रोल्पा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता नेतृत्व लिन सक्षम रहेको बताएका छन्। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न गरेको प्रस्तावबारे बोल्दै उनले रोल्पा पुगेर यस्तो बताएका हुन्। नेतृत्वबारे नेकपाका दोस्रो पुस्ताका नेता मौन रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट पुन ओलीको प्रस्तावबारे मुख खोलेका हुन्। 

सोमबार रोल्पाको लाँकुरीमा नेपाल विद्युत् प्राधिकरणको ३३-११ केभी सव-स्टेशन उद्घाटन गर्न पुगेका उनले युवा नेताहरु सरकार र पार्टी दुवैको नेतृत्व लिन तयार रहेको बताएका हुन्। तर त्यहाँसम्म जान दुवै अध्यक्षले सहमतिमा निर्णय गर्नुपर्ने उनले बताएका छन्। 

Advertisement

‘नेकपाका युवा नेता पार्टी र सरकार दुवैको नेतृत्व लिन तयार छन्,’ पुनले भने, ‘तर त्यसका लागि दुवै अध्यक्षबीच सहमति हुनुपर्छ।’ सहमतिमा नेतृत्व हस्तान्तरण गरे पार्टीका शीर्ष नेतालाई अभिभावकका रूपमा सम्मान गरेर राखिने पनि उनले प्रष्ट पारे।
 उनले बताए । 

उनले यो विषयमा आवेग र उत्तेजनामा नभई विवेकसम्मत ढंगले निर्णय लिनुपर्ने बताएका हुन्।