April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजविराजमा विद्यालय सञ्चालन गर्ने ११ प्रधानाध्यापक पक्राउ

2K

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले ११ वटा विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । सरकारको निर्णय विपरित विद्यालय सञ्चालन गरेको अवस्थामा उनीहलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

सरकारले गरेको निर्णय कार्यन्वयन गराउने क्रममा उनीहरुले अटेर गरेर विद्यालय सञ्चालन गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए । सरकारले हिजोबाट लागुहुने गरि विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगर्न, परीक्षा सञ्चालन नगर्न र बैकल्पिक व्यवास्था गर्न निर्देशन दिएको थियो ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलसहितको टोलीले नीजि विद्यालयको ११ जना प्रधानाध्यापकलाई पक्राउ गरी संक्रमक रोग ऐन (२०२०) अर्न्तगत कारबाही गर्ने तयारी गरेको पोखरेलले बताए ।

Advertisement