April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महोत्तरीमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको मृत्यु

2.9K

काठमाडौं – महोत्तरीको बर्दिवासमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि गम्भीर घाइते भएका एक स्थानीयको उपचारका क्रममा मृत्यु भएको छ। 

बर्दिवासका बुद्धिराज न्यौपानेको ग्राण्डी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा शव भेटिएपछि आफन्त तथा स्थानीय बासिन्दाले दोषीलाई कारवाहीको मागसहित बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए। 

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर न्यौपाने गम्भीर घाइते भएका थिए। उनलाई हिजै हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनीसँगै घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ। न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ। बालिका हत्याको आरोपमा प्रहरीले स्थानीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ। 

Advertisement

प्रहरीका अनुसार प्रारम्भिक बयानमै साहले आफूले बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन्। स्थानीयले भने शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेका छन्।