November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पोखरामा ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

२०७७ कार्तिक २८

2.7K

काठमाडौं – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका थप १ कोभिड संक्रमितको महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १४ की ६७ वर्षीय महिलाको आज बिहान २ बजे मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए। यो सँगै कास्कीमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।  सक्रिय संक्रमित १ हजार ५ सय ६८, संक्रमण मुक्त २ हजार ३ सय ८४ र कुल संक्रमित ३ हजार ९ सय ८१ छ।

Advertisement