March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबिर नेम्बाङको निधन

705

विराटनगर । फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबिर नेम्बाङको निधन भएको छ । पछिल्लो समय मुखको क्यान्सरसँग जुधिरहेका उनको ५६ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत रहेका नेम्बाङ राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलोपटक वडाध्यक्षमा निर्वाचित थिए भने २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

परिवार स्रोतका अनुसार नेम्बाङलाई लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले फिर्ता पठाएसँगै उनलाई माघ तेस्रो साता फाल्गुनन्द ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो ।

Advertisement