November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

5.6K

डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहान ११ बजेदेखि नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवासँगै एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध छ।

सेवा अवरुद्ध हुँदा सर्वसाधरणले सास्ती खेपेका छन्। यस्तै‚ इन्टरनेट सेवा बन्द हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको नियमित कामकाजमा समस्या आएको बताइएको छ।

जुम्लाको मौरे लेकमा राखिएको रिपिटर टावरमा समस्या उत्पन्न भएका जिल्लाका अधिकांश क्षेत्र सञ्चारविहीन भएको बताइएको छ।

Advertisement