April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजकुमार राईको ‘किवाहाङ’ विमोचन

चन्द्र मादेन आन्छन्
२०८१ असार २८

860

काठमाण्डौं । राजकुमार राईको उपन्यास ‘किवाहाङ’को विमोचन भएको छ । उपन्यासको बिहीवार अनगरस्थित सिलौटो रेस्टुरेण्टको सभा कक्षमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो ।

सखुवासभा जर्नालिस्ट एसोसिएशनद्वारा आयोजित उक्त कार्यक्रम एसोसिएशनका अध्यक्ष शंकर खनालको सभापतित्व र प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा केसीले कार्यक्रम पृथक र प्रसंशा गर्न लायक भएको बताउदै किवाहाङ समग्रमा प्रथम र द्वितीय विश्वयुद्धदेखि हङकङ, वेलायत, ब्रुनाईदेखि राणाकालीन दरवार आदिको बारेमा लेखिएको रहस्यमय र पढ्न लायक पुस्तक भएको बताए ।

Advertisement

कार्यक्रमका अतिथिहरूमा वरिष्ठ साहित्यकार दिनेश अधिकारी, वरिष्ठ संगीतकार एवं लेखक वुलु मुकारुङ, साहित्यकार तथा प्राज्ञ माया ठकुरी, गीता रेग्मी रहेका थिए ।

साव्लावुङ पुस्तकालय अभियानको अध्यक्ष एवं साव्लावुङ साहित्यिक पत्रिकाका सम्पादकसमेत रहेका राजकुमार राईले पुस्तकालय अभियानमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा पत्र दिएर सम्मान गरेका थिए ।

राईले विगत ६ वर्षदेखि अहिलेसम्म २१ वटा जिल्लाहरुको डोल्पा, मुगु, सोलुखुम्बु, भोजपुर, सखुवासभा आदि जस्ता दुर्गम र विकट गाँउहरुमा पुस्तकालयको लागि नि:शुल्क पुस्तकहरू वितरण गर्दै छन् । हालसम्म करिब ४४ लाख भन्दा बढी मूल्य पर्ने पुस्तकहरू राईले वितरण गरिसकेको र यो प्रक्रिया निरन्तर जारी रहेको उनले बताए । उनले कुनैसमय आफूले सुन बेचेर पुस्तक संकलन गरेको पुराना दिनहरुको स्मरणसमेत गरेका थिए ।

कार्यक्रममा एसोसिएशनका सचिव उद्धव भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन भावेश भुमरीले गरेकी थिइन् ।

उक्त कार्यक्रममा विभिन्न साहित्यकार, लेखक, वुद्धिजिवी र पत्रकारहरुको उपस्थित रहेको थियो ।