February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

1.5K

काठमाडौं । लघुकथाकार विक्रम याक्खाकाे ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण भएको छ । लघुकथा समाज नेपाल काेशी प्रदेशले मंगलबार राजधानीमा एक कार्यक्रम आयाेजना गरी संग्रहको विमाेचन गरेको हो ।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ राेदनकाे प्रमुख आतिथ्य र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको विशिष्ट आतिथ्यता तथा लघुकथा समाज नेपाल काेशी प्रदेशकी अध्यक्ष ममता मृदुलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कृतिबारे अध्यक्ष मृदुल, प्रमुख अतिथि श्रेष्ठ, विशेष अतिथि लेकाली, समीक्षक दिव्य गिरी, अतिथि ध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा पत्रकार तथा साहित्यकार राजेश खनाल, अतिथिहरु मधु पाठक, विक्रमभक्त जाेशी, धवन्तरी मिश्र कात्यायन, श्रीराम राई, मनीषकुमार शर्मा समित र अदिति श्रेष्ठ उपस्थिति रहेको थियोे ।

मलेसियामा बसेर नेपाली भाषा साहित्यका विविध विधामा कलम चलाउँदै आएका विक्रम याक्खाकाे २०६४ सालमा उपन्यास प्रकाशित भइसकेको छ । दाेस्राे कृतिका रूपमा लघुकथा सङ्ग्रह प्रकाशित भएको हाे ।

विभिन्न लघुकथाकारहरुले वाचनसमेत गरेको उक्त कार्यक्रम लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि काेइरालाले सञ्चालन गरेका थिए ।