January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

साहित्यकार शिव सस्मितको “कुरैकुराको खेती” विमोचित

2K

पोखरा । साहित्यकार शिव सस्मितको हाँस्यव्यङ्य निबन्ध संग्रह “कुरैकुराको खेती” भैरव अर्याल स्मृति दिवसको अवसरमा विमोचित भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हाँस्यव्यङ्य क्षेत्रमा क्रियासिल सिस्नुपानी नेपाल तथा फिट्कौली अनलाईनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुईटेलले भर्चुवल मोडमा विमोचन गरेका हुन् ।

लुईटेलले नेपाली हाँस्यव्यङ्य क्षेत्र भैरव अर्याल पछि सुस्ताए गएको भन्दै सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको टिप्पणी गरे ।

Advertisement

अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफोसल साहित्यलाई हेर्ने दृष्टिकोणलाई लक्षित गदै भने “हाम्रो साहित्यले अन्धराष्ट्रबाद मात्रै नलेखेर, साधुरो पक्षलाई मात्रै नहेरेर हामी कुनकाप्चामा भएपनि आकाश छुन सकिन्छ ।” सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त कविका रूपमा चित्रित गरेका थिए । उनले म्याथको विषयवस्तुलाई अन्तरग्रह्य तहमा अध्ययन गरेर त्यसलाई अगाडी पस्किन सक्यो भने पाठनलाई नयाँ चिजहरू दिन सक्ने ठोकुवा समेत गरे ।

पेशाले मावि तहका कुशल गणित शिक्षक सस्मितको “कुरैकुराको खेती” पाँचौँ कृति हो । यस अघि धुमिल आकाश (शैक्षिक उपन्यास) विलोकन मुक्तmक संग्रह, बहाव गजल संग्रह, र डायरीमा टाउके हाँस्यव्यङ्य निबन्ध संग्रह प्रकाशाति भएका छन् ।

समिक्षक रामप्रसाद शर्माले पुस्तकको समिक्षा गर्दै “कुरैकुराको खेती” उत्कृष्ट कृतिको रूपमा आएको बताए । समिक्षक शर्माले भाषाशैली अलंकारयुक्त काव्यात्मकको सरस र स्पष्ट अभिव्यक्ति निबन्धको सबल पक्ष भएको लघु आकारको विसंगती विरुद्धको विद्रोहको रूपमा “कुरैकुराको खेती” आएको बताए ।

लेखकीय भनाई राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभएको भएपनि समाजको सामाजिक, राजनैतिक, शौक्षिक बेथिती विंगतिले प्रत्यक्षरूपमा विछिप्त बनाए पछि जन्मिएको आफ्नौ अनुभवको संग्रह भएको बताए । विभिन्न समयमा आफूले भोगेका दुख दर्द र भोगाईलाई इमानदार भएर लेखेको बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा षडानन्द पौडेल, विनेसामका केन्द्रिय संगठन सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल, जिज्ञासु, एस्टी एफ्टीका संस्थापक भुपती बस्याल, प्रकाशक केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आर्चायको स्वागत र कार्यक्रमको संचालन सचिव प्रेम थापा मनले गरेका थिए । अनलाईन मोडमा संचालन भएको कार्यक्रममा संसारभएका प्रसिद्ध लेखक, साहित्यकार, कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।