November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

सगरमाथा साहित्य प्रतिष्ठानको कोसी प्रदेश कार्यसमिति पुनर्गठन

820

सुनसरी । सगरमाथा साहित्य प्रतिष्ठानको कोसी प्रदेश कार्यसमिति पुनर्गठन भएको छ ।

इटहरीमा प्रतिष्ठानका राष्ट्रिय सल्लाहकार जिपि तिवारीको विशेष उपस्थितिमा भएको सर्जकहरूको विशेष भेलाले गीतकार–गजलगो मिश्रा गुरुङको अध्यक्षतामा नयाँ समिति बनेको हो ।

प्रदेश समितिका अध्यक्ष किरण टी लिम्बू देशबाहिर जानुपर्ने भएपछि नेतृत्व छनोटका लागि प्रतिष्ठानआबद्ध सर्जकहरूको भेला भएको थियो । भेलाले गुरुङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ ।

Advertisement

पुनर्गठित समितिको उपाध्यक्षमा सुविद गुरागाई, सचिवमा किशोर कोइराला, सहसचिवमा अभिमन्यु अभिजित, कोषाध्यक्षमा सुस्मिता नेपाल रहेका छन् भने सदस्यहरूमा गायत्री लम्साल, राज भट्टराई, निरज कोइराला, हेम विश्वकर्मा, माधव पोखरेल गोज्याङ्ग्रे र अच्युत खड्का रहेका छन् ।

भेलाले प्राध्यापक–लेखक बद्रीविशाल पोखरेल तथा निवर्तमान अध्यक्ष किरण टी लिम्बूलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

सोही भेलाले भदौ २८ गते मोती जयन्तीका अवसरमा इटहरीमा प्रदेश स्तरीय गजल–गोष्ठी आयोजना गर्ने निर्णय पनि गरे को छ ।