काठमाडौँ । अनुवाद एवं कवि राजेन्द्र गुरागाईंको गीतको पहिलो कृति “शब्दहार” २८ साउनमा लोकार्पण भएको छ ।
अनामनगरस्थीत सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा लोकार्पण भएको हो । ब्रम्हपुत्रको किनारमा बाल्यकाल बिताएका सर्जक राजेन्द्र गुरागाई पहिले राजेन्द्र धनन्जयको नामले रचना गर्दै आएका थिए ।
राइटर इन्टरनेसनलका उपाध्यक्ष रहेका गुरागाईंको लोकार्पित गीतसङ्ग्रह “शब्दहार”मा ४६ ओटा गीतहरु समेटिएका छन् । सङ्ग्रहमा समेटिएका गीतहरुमा प्रेम, राष्ट्रियता जस्ता विषयवस्तु समेटिएका छन् ।
गुरागाईंले “समकालीन नेपाली कविता” २०६८ र वसन्त चौधरीको “वसन्त” कविता कृति २०७४ बाङ्ला भाषामा अनुवाद गरेका छन् ।
राष्ट्रिकाको आयोजनामा भएको सो कार्यक्रममा म लगायत नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे, समालोचक प्रमोद प्रधान, सर्जक राजेन्द्र गुरागाईं, डा. शान्तिमाया गिरी, कविहरु राधिका गुरागाईं, रिसवदेव घिमिरे, मधु पाठक लगायतले मन्तव्य राखेका थिए ।