April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

साहित्यिक पत्रकार संघले १३ श्रष्टालाई सम्मान गर्ने

2.2K

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले स्वर्ण महोत्सवको अवसरमा साहित्य र कला क्षेत्रका तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान” प्रदान गर्ने भएको छ । साउन २९ गते सो सम्मान समर्पण गरिनेछ ।

सङ्घले जनाए अनुसार मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी.आर. उपाध्यायलाई सो सम्मान प्रदान गरिनेछ ।

साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठ संयोजक तथा प्रमोद प्रधान र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको समितिले गरेको सिफारिसको आधारमा सापसंका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि सङ्घले गत साउन १३ गते डा। जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठको अभिनन्दन गरेको थियो ।

Advertisement

साहित्यिक पत्रकार संघ बरिष्ठ साहित्यिक पत्रकार भवानी घिमिरेको अगुवाईमा वि. सं. २०२९ मा स्थापना भएको हो ।