March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

अमेरिकाले रोक्का गर्‍यो ११ खर्ब २८ अर्बभन्‍दा बढी अफगानी सम्पत्ति

3.7K

अमेरिका – अमेरिकाले अफगान केन्द्रीय बैंकको करिब ९.५ बिलियन (११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) रकमको सम्पत्ति ‘फ्रिज’ गरेको छ। तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकाले बैंकमा रहेको रकम ‘फ्रिज’ गर्नुका साथै मुद्रा शिपमेन्ट पनि रोक्ने निर्णय गरेको हो। रकम रोक्का गरेसँगै अब तालिवानले त्यसको प्रयोग गर्न पाउने छैनन् ।

अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकामा रहेको केन्द्री बैंकको सम्पत्ति र रकम तालिवनका लागि उपलब्ध हुनेछैन । ११ खर्ब २८ अर्बभन्दा बढी मूल्यको सम्पत्ति अमेरिकाको ट्रेजरी डिपार्टमेन्टको ‘स्यान्कसन लिस्ट’मा रहेको छ । यसअघि केन्द्रीय बैंकका गभर्नर अजमल अहमदीले अफगानी मुद्राको मूल्य हालसम्मकै कम पुगेको र डलरको शिपमेन्ट बन्द भएको उल्लेख गरेका थिए। अहमदीले आइतवार नै काबुल छाडेका थिए ।

‘फ्रिज’ गरिएको अफगानी केन्द्रीय बैंकको रकम न्यूयोर्क फेडरल रिजर्भ र अमेरिकास्थित अन्य वित्तीय संस्थामा राखिएको छ। अफगानी केन्द्रीय बैंकको अधिकांश सम्पत्ति अफगानिस्तान बाहिर रहेको बताइन्छ ।

Advertisement