April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट, आतंकवादी आक्रमण भएको दाबी

1.8K

काठमाडौँ– भारतको जम्मुस्थित विमानस्थलमा आइतबार दुई शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १ : ४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ ।

Advertisement

दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो ।

घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

जम्मु कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) दिलबाग सिंहले उक्त विष्फोटलाई आतंकवादी आक्रमण भएको बताएका छन् । उनले प्रहरी, वायु सेना र गुप्तचर निकायले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्। (रासस/पिटिआई)