November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यान्मारको सेनालाई अमेरिकाको कडा चेतावनीः तत्काल सत्ता नछाडे उचित कदम चालिने

2K

एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै त्यहाँको सेनाविरुद्ध आवश्यक कदम चालिने चेतावनी दिएका छन्।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । सत्ता नछाडे अमेरिकाले “उचित कदम” चाल्ने बताएको चाइना साउथ मर्निङ पोस्टले जनाएको छ । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनेर व्याख्या गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आज म्यानमारमा भएको कू बारे छलफल गर्न आपतकालीन बैठक गर्ने योजना बनाएको छ । युरोपेली सङ्घ, जापान र भारतले पनि म्यान्मारमा प्रजातन्त्रको पुनर्वहालीका लागि ह्वाइट हाउसको कदम प्रति समर्थन गरेको बिबिसीले जनाएको छ ।

Advertisement