April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आङ सान सुकी सहित म्यानमारका राष्ट्रपति गिरफ्तार, राजधानीमा फोन र इन्टरनेट अबरुद्ध

6.8K

काठमाडौँ – म्यानमारकी नेतृ आङ सान सुकी र अन्य सरकारी उच्च पदस्थहरुलाई त्यहाँको सेनाले पक्राउ गरेको छ । सेना र नागरिक सरकारबीच उत्पन्न तनावपछि सेनाले उनीहरुलाई हिराशतमा लिएको जनाइएको छ । सेनाले त्यहाँको चुनावमा धाँधली भएको बताउँदै आएको थियो । गत नोभेम्बरमा भएको चुनावमा नेशनल लिग फर डेमोक्रेसीले विजयी भएको घोषणा गरेको थियो । म्यानमारमा सैन्य शासनको अन्त्य भएयताको यो दोश्रो चुनाव थियो । बर्माका रुपमा चिनिने म्यानमारमा सन् २०११ सम्म शैन्य शासन रहेको थियो । आङ सान सू ची सहित राष्ट्रपति यू वीन मिन्टलाई पनि गिरफ्तार गरिएको छ । सोमबार विहानै उनीहरुलाई सेनाले गिरफ्तार गरेको हो । उनीहरुको गिरफ्तारीपछि राजधानीका सडकहरुमा सेनाहरु मार्चपास गरिरहेका छन् । म्यानमारको राजधानीमा इन्टरनेट र फोन लाइन पनि काटिएको छ । सेनाले मुख्यमन्त्रीहरुका घरघरमा पुगेर उनीहरुलाई पनि गिरफ्तार गरेका छन् ।

जनवरी २९ मा म्यानमारमा रहेका अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया लगायतका १६ अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरुले त्यहाँको सेनालाई प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्न आग्रह गर्दै संयुक्त वक्तब्य निकालेका थिए । उनीहरुले चुनावको नतिजा बदल्न वा म्यानमारको लोकतान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको विरोध गर्ने बताएका थिए ।

आङ सान सुकी म्यानरमा प्रजातन्त्रपवादी नेतृका रुपमा परिचित थिइन् । उनले झण्डै २ दशक नजरबन्दमा बिताएकी थिइन् । सन् २०१५ मा उनको पार्टीले भारी जीत हासिल गरेपछि उनी स्टेट काउन्सिलरका रुपमा प्रधानमन्त्री सरहको पदमा रहेकी थिइन् । राष्ट्रपति हुनमा उनलाई रोक लगोपछि संवैधानिक छिद्रको प्रयोग गरेर यो पद श्रृजना गरिएको थियो । पछिल्लो समयमा रोहिंग्या मुस्मिल समुदायमाथि नरसंहारको आरोपको कारण उनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहको थियो ।

Advertisement