February 14, 2026, Saturday
२०८२ फाल्गुन २
1:37:26 pm

बंगलादेशको निर्वाचनमा बीएनपीलाई दुई–तिहाई सिट

355

काठमाडौं । बंगलादेश नेशनल पार्टीले आम निर्वाचनमा दुई तिहाई मत ल्याएको छ । स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाए अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय १२ क्षेत्रमा बीएनपीको जीत सुनिश्चित भएको हो ।

निर्वाचन आयोगले आधिकारीक घोषणा गर्न बाँकी नै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने बिएनपी र यसका अध्यक्ष तरिक रहमानलाई बधाई दिएका छन् । 

विद्यार्थी आन्दोलनपछिको पहिलो ऐतिहासिक चुनावमा रहमानले ढाका–१७ र बरौगा–६ बाट जित हासिल गरेका छन्  । उनलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो । जमात् ई इस्लामीले ६० सिटमा विजयी हासिल गरेको दाबी गरेको छ । 

Advertisement

अब बीएनपीका अध्यक्ष तरिक रहमान प्रधानमन्त्री हुनेछन् । ६० वर्षका रहमान संस्थापक तथा पूर्व राष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खलिदा जियाका छोरा हुन् । विगत १८ वर्षदेखि लण्डनमा बस्दै आएका रहमान यसै चुनावको पूर्वसन्ध्यामा ढाका फर्किएका थिए । 

जमात्ले हार स्विकार्दै शशक्त प्रतिपक्षको भूमिका निर्वाचन गर्ने बताएको छ । ‘हामी सकारात्मक राजनीति गर्नेछौं,’ जमात्का प्रमुख साफिकर रहमानले भने ।