April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बलिउड अभिनेता जुनियर महमूदको निधन

1.9K

काठमाडैं । बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित मेहमूदको ६७ वर्षको उमेरमा  शुक्रबार बिहान २ बजे निधन भएको हो ।

अभिनेता महमूदले ,हाथी मेरे साथी’, ‘कारवां’, ‘मेरा नाम जोकर’, ‘हरे राम, हरे कृष्ण’, ‘नौनीहाल’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् ।

उनले थुप्रै चलचित्रमा बालअभिनेताको भूमिका निर्वाह पनि गरेका छन् । उनले देव आनन्द अभिनित ‘हरे राम, हरे कृष्ण’ मा समेत अभिनय गरेका छन् ।

Advertisement