April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पाकिस्तानको कराँचीमा भीषण आगलागी हुँदा ११ को मृत्यु २० बढी घाइते

1.6K

काठमाडौं । पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको एउटा सपिङ मलमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिशनर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए ।

जलेको कारण तीन जनाको अवस्था गम्भीर छ । दक्षिणी सिन्ध प्रान्तका कार्यबाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन् ।

Advertisement