काठमाडौं । जम्मु-कश्मिरमा बस दुर्घटना ३९ जनाको मृत्यु भएको छ । बुधबार डोडा भन्ने स्थानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुग्नुका साथै १७ जना घाइते भएको भारतीय समाचारहरूमा उल्लेख छ ।
सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ।
भारत सरकारले मृतक परिवारलाई सहयोग गर्ने तथा घाइतेहरूलाई राहत रकम सहयोग गर्ने जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका हुन्।