November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक यून फोसालाई

2.2K

काठमाडौं । द स्वीडिश अक्याडमीले यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक यून फोसालाई दिने भएको छ । “व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले” फोसालाई पुरस्कार दिइने घोषणा गरिएको पुरस्कार समितिले जनाएको छ।

आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने बीबीसीले उल्लेख गरेको छ ।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्छन् र उनको शैलीलाई ‘फोसा मिनिमलिजम’ को सङ्ज्ञा दिइएको छ ।

Advertisement

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।

बीबीसीमा उल्लेख भए अनुसार अब शुक्रवार शान्ति र सोमवार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने छ ।

कोभिड–१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मानले चिकित्साशास्त्रतर्फ उक्त सम्मानित पुरस्कार पाउने भएका हुन् ।

‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिएले भौतिक शास्त्रतर्फको पुरस्कार पाउने भएका हुन्।

न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पु¥याउने तीन वैज्ञानिक रसायनशास्त्रतर्फ पुरस्कृत हुने भएका हुन्। मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभले ’क्वान्टम डट’ को खोजी र संश्लेषण गरेको हुनाले उनीहरूलाई नोबेल पुरस्कार दिन लागिएको स्वीडनको रोयल अक्याडमी अफ साइन्सेजले जनाएको बीबीसीले उल्लेख गरेको छ ।