काठमाडौं । भारतको सिक्किममा असोज १७ गते आएको बाढीमा परी २२ जना सैनिकसहित कम्तीमा १०५ जना बेपत्ता भएका छन् । सानो क्षेत्रमा अचानक आएको भीषण वर्षाले निम्त्याएको उक्त विपद्मा परेर १४ जनाको मृत्यु पुष्टि भइसकेको अधिकारीहरूले बताएका छन् ।
बीबीसीमा उल्लेख भएअनुसार २२ हजारभन्दा धेरै मानिसहरू प्रत्यक्ष प्रभावित भएको बताइएको क्षेत्रमा २१ वटा सहायता शिविरहरू स्थापना गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताको लागि आश्वस्त पारेको बताएका छन् ।
राहत तथा उद्धार प्रयासलाई तीव्रता दिने विषयमा भारतका क्याबिनेट सेक्रेटरी राजीव गौबासहित विभिन्न निकायका प्रतिनिधिहरूसँग सिक्किमका चीफ सेक्रेटरी भीबी पाठकबीच भर्चुअल बैठक भएको छ ।
जसमा पाठकले केन्द्र सरकारबाट तत्काल थप सहायता चाहिनेबारे जोड दिएको बताएका छन् ।