October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

1.5K

काठमाडौं । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । भारतसँगको सम्बन्धलाई बलियो बनाएका बहालवाला राष्ट्रपति मोहम्मद सोलिहलाई पराजित गर्दै चीननिकट उम्मेदवार मुइज्जु निर्वाचित भएका हुन् ।

विभिन्न चरणमा भएका ती चुनावका नतिजालाई राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले स्विकार्दै ५४ प्रतिशत मत पाएका विजयी बनेका मुइज्जुलाई बधाई दिएका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार राजधानी मालेका मेयर मुइज्जु “इन्डिया आउट” नारासहित चुनावी अभियानमा संलग्न भएका थिए ।

Advertisement

१७ नोभेम्बरमा नयाँ राष्ट्रपतिको शपथग्रहण हुनेछ । सोलिहले त्यसबेलासम्म कामचलाउ राष्ट्रपतिका रूपमा काम गर्नेछन् ।

सन् २०१८ यता शक्तिमा रहेका माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडिपी)का सोलिहले मालेसँग बलियो साँस्कृतिक र आर्थिक सम्बन्ध रहेको भारतसँगको सम्बन्ध मजबुत बनाएका थिए । उनले त्यसलाई “भारत–पहिले” नीति भन्ने गरेका थिए ।