March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

थाइल्यान्डको नयाँ प्रधानमन्त्री श्रीथा थाविसिन बन्दै

2K

बैंकक । थाइल्यान्डको नयाँ प्रधानमन्त्री श्रीथा थाविसिन
बन्ने भएका छन् । थाइल्यान्डको संसद्मा मंगलबार भएको मतदानमा फेउ थाई पार्टीका थाविसिनले उपस्थित ७ सय ४७ सांसदमध्ये ४ सय ८२ को मत पाएका थिए । 

फेउ थाइल्यान्डको दोस्रो ठूलो पार्टी हो । गत मेमा भएको चुनावमा सन् २०२० मा गठन भएको मुभ फरवार्ड पार्टी (एमएफपी) १ सय ५२ सिट ल्याएर पहिलो भएको थियोब। फेउले १ सय ४१ सिट जितेको थियो । सत्ताको नेतृत्व गरिरहेका प्रयुत चान–ओचाको युनाइटेड थाई नेसन पार्टी (यूटीएन) ले भने ३६ सिट मात्र जितेको थियो ।

सन् २०१४ मा ‘कु’ पछि थाइल्यान्डको नेतृत्व सेनानिकट दलका नेताले पाउँदै आएका थिए । तर, गत मेको चुनावमा सेनानिकट दलले हार बेहोरेपछि विपक्षी दलको नेतृत्वमा सरकार बन्ने आकलन गरिएको थियो । थाविसिनको जितसँगै थाइल्यान्डमा तीन महिनादेखिको राजनीतिक अन्योल अन्त्य भएको थियो ।

Advertisement

थाविसिनलाई सेनानिकट दुईसहित १० दलले समर्थन गरेका छन् । सबैभन्दा ठूलो दल एमएफपीसँग भने गठबन्धन भएको छैन ।