April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इटलीमा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु

2.2K

काठमाडौं । इटलीमा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । द्विप लेन्पेडुसा नजिकै भएको दुर्घटना तीन बालबालिकासहित ४१ आप्रवासीको मृत्यु भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

ट्युनिसियाको स्फ्याक्सबाट उडेको सानो डुङ्गा स्ट्रेट अफ सिसिलीमा डुबेर इटालीको लाम्पेडुसा टापुमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चार जना बाँचे । उनीहरूलाई माल्टिज कार्गो जहाजबाट उद्धार गरी इटालियन कोस्ट गार्डले लाम्पेडुसा लगिएको इटालियन न्यूजवायर एएनएसएले जनाएको छ । यी चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् ।

उनीहरूका अनुसार स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार थिए । उनीहरु चढेको केही घण्टापछि नै उनीहरूे डुङ्गा डुबेको हो । त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले उनीहरूलाई बचाएको र इटलीको कोस्ट गार्डलाई सुम्पिएको उनीहरुले बताए ।

Advertisement

कोस्ट गार्डका अनुसार आइतबार यो इलाकामा दुई वटा डुङ्गा डुबेका थिए तर यी बाँचेका मानिस कुन डुङ्गाका हुन् भन्ने स्पष्ट जानकारी छैन । उत्तरी अफ्रिकाबाट युरोप जानका लागि समुद्र पार गर्ने कोसिसमा यस वर्ष हालसम्म १८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

ट्युनिसिया प्रशासनका अनुसार लेन्पेडुसाबाट १३० किलोमिटर टाढा ट्युनिसियाको स्फेक्स पोर्ट सिटी प्रवासीलाई गैरकानुनी तरिकाले लैजाने एक प्रमुख स्थान हो ।