November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रोमानियाका राजदूतले अफ्रिकीलाई ‘बाँदर’ भनेपछि फिर्ता

2.1K

एजेन्सी । अफ्रिकी कूटनीतिज्ञलाई ‘बाँदर’ भनेको आरोपमा केन्याका लागि रोमानियाका राजदूत ड्रागोस भिरेल टिगाउलाई फिर्ता बोलाइएको छ ।

उनले गत अप्रिल २६ मा नैरोबीमा आयोजित सम्मेलनमा उक्त प्रतिक्रिया दिएकाले फिर्ता बोलाइएको रोमानियाको विदेश मन्त्रालयले जनाएको छ । सम्मेलन हलको झ्यालमा बाँदरलाई देखेपछि उनले ‘अफ्रिकी समूह हामीसँग सहभागी भयो’ भन्ने प्रतिक्रिया दिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अफ्रिकी कूटनीतिज्ञको नेतृत्व गरेका केन्याका लागि दक्षिण सुडानका राजदूत चोल अजोंगोले ड्रागोसको उक्त भनाइ अपमानजनक, जातिवादी भएको भन्दै निन्दा गरेका छन् । रोमानियाको विदेश मन्त्रालयले गत शनिबार यसबारे जानकारी पाएको र आफ्नो राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।

Advertisement