काठमाडौं । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले दिएको जानकारीमा सो दुर्घटनामा परेर २५ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
मङ्गलबार उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा दुर्घघटना भएको हो । दुर्घटना पछि पुगेको प्रहरीले २५ ओटा शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ ।
गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।